site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बलात्कारसम्बन्धी मानहानिमा एबीसी न्युजले ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्ने

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युज नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको मानहानि मुद्दा सुल्झाउन एक करोड ५० लाख अमेरिकी डलर तिर्न तयार भएको छ ।

एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपौलोसले गएको मार्च १० मा एक अन्तर्वार्ताका क्रममा ट्रम्प ‘बलात्कारको घटनाका निम्ति जिम्मेवार’  भएको टिप्पणी गरेका थिए । उनले पटकपटक यस्तो दाबी गर्दै ट्रम्पलाई समर्थन गरेकामा एक महिला सांसदलाई चुनौती दिएका थिए ।

शनिबार एबीसीले स्टेफानोपौलोसको टिप्पणीका विषयमा पश्चात्ताप भएको भन्दै वक्तव्य जारी गरेको छ ।

एबीसी न्युजले एक करोड ५० लाख अमेरिकी डलर परोपकारी दानका रूपमा राष्ट्रपति फाउन्डेसन तथा संग्रहालयलाई दिने बताइएको छ । ट्रम्पको कानुनी शुल्कका रूपमा १० लाख डलर दिने समेत एबीसी न्युजले जनाएको छ ।

यस विषयमा उसले सम्पादकीय पनि प्रकाशन गर्ने बताइएको छ । बीबीसीबाट ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro