site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कार्कीको नेतृत्वमा ‘नाफिज’को नयाँ कार्यसमिति निर्वाचित
तस्बिर : अर्जुन भुसाल ।

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५औँ वार्षिक साधारणसभा तथा सातौँ महासभाले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्कीले १०० मत पाउँदा उनका प्रतिद्वन्द्वी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष थिइन्।

Dabur Nepal
NIC Asia

नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरी १० सदस्य निर्वाचित गरेको छ । 

निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरूको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए । 

यसैगरी, महासचिवमा निकेश खत्री ११२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । 

सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले ५७ मत प्राप्त गरेका थिए । 

कोषाध्यक्षमा मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।  विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन)ले ८३ मत ल्याएका थिए ।
 
यस्तै, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए । 

नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रूपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro