site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपर ओभरमा विराटनगरविरुद्ध पोखराले दियो १९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरमा जारी खेलको सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको पोखराले ६ बलमा १८ रन बनाएको हो ।

सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन जोडे । सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे । तेस्रो बल सन्दीपले डट फ्याँके । चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे । पाँचौँ बलमा रेफरले एक रन लिए । छैटौँ बलमा गौसले एक रन बनाए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रनको लक्ष्यसहित मैदानमा उत्रिएको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro