site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

बेरुत । लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।

बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।

Dabur Nepal
NIC Asia

“युनिफिल बलहरूले सर्वेक्षण गर्दै छन् र यस सहरमा लेबनानी सेनाको एकाइ तैनाथ गर्ने तयारीमा मुख्य र माध्यमिक सडकहरूबाट अवरोधहरू हटाउँदै छन्,” स्रोतले जनाएको छ ।

लेबनानी सेनाले लगभग ६ हजार सिपाही र सयौँ सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागु भयो, जसको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको झन्डै १४ महिनादेखि चलेको लडाइँलाई रोक्ने लक्ष्य थियो । रासस/सिन्ह्वा

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro