site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुस्ता हस्तान्तरणले बढ्दैछ धातुका मूर्तिको व्यवसाय
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय धातुको मूर्तिको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा धातु मूर्तिको व्यवसाय बढ्दै गएको बताइएको छ । पुस्तौं पुस्तादेखि मूर्ति बनाउँदै आएका जातजातिले आफ्नो पेशा छोरा नातिलाई हस्तान्तरण गर्दै जाने भएको र केहीले उक्त सीप सिकेर मूर्ति व्यवसायमा लाग्ने भएकोले व्यवसाय बढ्दै गएको जनाइएको छ ।

ललितपुरको लगनखेलस्थित उत्तम आर्टस् एण्ड क्राफ्टका उसन शाक्यले आफूले थाहा पाएअनुसार अधिकांशले पुस्ता हस्तान्तरणको माध्यमबाट लगनखेल परिसरमा मूर्ति बनाउने व्यवसाय बढ्दै गएको बतए । “मूर्तिमा पनि धातु मूर्तिको व्यवसाय फैलँदो क्रममा रहेको छ,” उनले भने, “मैले मेरो बुबा, बाजेबाट सिकेको हुँ ।” उनले आफूले बनाउने धातु मूर्तिमा बढी मात्रामा बुद्व, मञ्जुश्री, लोकेश्वरलगायतको माग रहेको जानकारी दिए । 

मूर्ति व्यवसायीहरूले धातु मूर्ति व्यवसाय विस्तार हुनमा पुस्ता हस्तान्तरण र मूर्तिकला सिकेर व्यवसायमा लागेकाहरू रहेको बताएका छन् । उनीहरूका अनुसार भूकम्प, नाकाबन्दीको अवधिमा व्यवसाय केही खस्किए पनि फेरि बढ्दै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुरका अर्का मूर्ति व्यवसायी सानोराजा शाक्यले धातु मूर्तिको व्यवसाय अहिले धेरै बढेको बताए । उनले स्मरण गर्दै भने, “४–५ दशकअघि ललितपुरको ओखुबाहालमा २–४ घरले मात्र मूर्ति बनाउँथे । अहिले विस्तार भएर २०–२५ घर पुगिसकेको छ ।” 

अहिले सुन, चाँदी राखेर तथा तामाको मात्रै लगायत विभिन्न माध्यमबाट धातु मूर्ति पाटन क्षेत्रमा बनाइने गरेको उनको भनाइ छ । हाल चीन सरकारले मूर्ति निर्यातमा कडाई गर्दै गएकोले व्यवसायमा केही प्रभाव परेको उनले बताए ।

Global Ime bank

व्यवसायीहरूका अनुसार ललितपुरमा मात्रै सुनाकोठी, खोकना, बुङमतीलगायत दक्षिण भेगमा मूर्ति बनाउने उद्योग विस्तार भइरहेको छ । धातुका मूर्तिहरू मध्ये करिब ९० प्रतिशत बुद्धका मूर्तिको माग हुने गरेको छ । उनीहरूका अनुुसार १० प्रतिशत मूर्तिहरू महादेव कृष्ण, नारायणलगायतका हिन्दू मूर्तिहरूको कारोबार हुने गरेको छ ।

मूर्तिहरू सबैभन्दा बढी चीन तथा तिब्बतमा निर्यात गरिन्छ । जसमा १२ इन्चदेखि तीन फुटसम्मका मूर्तिहरू बढी मात्रामा बिक्री हुने गरेको छ । नेपालमा तीन हजारदेखि करोड रुपैयाँसम्मको मूर्ति बन्ने गरेको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले धातुको मूर्तिको व्यापार बढ्दै गएको बताए । “गएको आर्थिक वर्षमा समग्र करिब साढे ५ अर्ब रुपैयाँको हस्तकलाको सामग्री मुलुकबाहिर निर्यात हुँदा धातुको मूर्ति मात्रै १ अर्बभन्दा बढीको व्यापार भएको थियो,” उनले भने, “७० प्रतिशत धातुको मूर्ति तिब्बतमा बिक्री हुने गरेको छ ।” बाँकी मूर्तिहरू भारत, अमेरीका, क्यानडा लगायतका युरोपेली मुलुकहरूमा निर्यात हुँदै आएको उनको भनाइ छ । 

महासंघको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षभन्दा गएको आवमा १० प्रतिशतले धातुको मूर्ति निर्यात भएको छ । आर्थिक वर्ष २०७२–०७३ मा विभिन्न मुलुकहरूमा १ अर्ब २२ करोड ३२ लाख रुपैयाँको निर्यात भएकोमा गएको वर्ष २०७३–०७४ मा १ अर्ब ३४ करोड ५९ लाख रुपैयाँको निर्यात भएको थियो भने समग्र हस्तकलाको सामग्रीहरू ५ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको निर्यात भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय