देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने बताए ।
मन्त्री पौडेलले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताए । उनले सरकारले जनसंख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ ।
जनसंख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जसनंख्या विभागहरूले विशेष पहल गर्नुपर्ने उनको धारणा छ ।
उनले स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउन स्वास्थ्य बीमा पाँच लाख पुर्याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १४:०८
प्रतिक्रिया दिनुहोस्