site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम ५.५ डिग्री, कहाँ कति ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा भएसँगै देशभरको तापक्रम घटेको छ । चिसो बढेको छ । काठमाडौंमा छिटपुटसहित देशका केही स्थानमा आइतबार राति र सोमबार पानी परेको थियो ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो । यो वर्ष काठमाडौंमा यसअघिको कम तापक्रम यही मंसिर १९ गते ५.६ डिग्री सेल्सियस थियो ।

सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.१ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –५.० डिग्री सेल्सियस थियो । यो वर्ष लागेयता जुम्लाको कम न्यूनतम तापक्रम भने गएको आइतबार –७.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

मंगलबार डडेलधुराको न्यूनतम तापक्रम –०.१, वीरेन्द्रनगरको ३.५, ताप्लेजुङको ५.०, ओखलढुंगाको ५.२, दिपायलको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । हिउँदमा तापक्रम अझै घट्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

तापक्रमको विवरण हेर्नोस्–

dfg-1733802517.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro