site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशी लोभ्याउने ‘सडक महोत्सव’ पुस १३ देखि

पोखरा । अंग्रेजी नयाँ वर्षलाई विशेषत नेपालबाहेकका देशले स्वागत गर्छन् । नेपाली नयाँ वर्षमा भने त्यति रौनक देखिँदैन । बरु नेपालीहरू नै अंग्रेजी संवत्को स्वागतमा हुने भव्य कार्यक्रम हेर्न विदेश जाने चलन थियो । तर, दशकअघिदेखि त्यसको भाष्य भने फेरिएको छ ।

हाल अंग्रेजी नयाँ वर्ष भन्नासाथ पोखराको नाम आउँछ । र, त्यसमाथि रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले गर्ने सडक महोत्सव त बिर्सने कुरै भएन । अचेल नेपालीहरू विदेश जाँदैनन्, बरु विदेशीहरू चाहिँ नयाँ वर्ष मनाउन आउने गर्दछन् । नेपालीलाई रोक्ने र विदेशीलाई जाउँजाउँ लाग्ने पोखराको चर्चित सडक महोत्सव पुसको १३ देखि १७ गतेसम्म मनाइने भएको छ । यस वर्ष रेबानले यो महोत्सवलाई २६औँ वर्षमा अगाडि बढाउँदैछ ।

सोमबार पत्रकार सम्मेलनमार्फत सडकमै खाने, रमाउने र नाच्ने यो महोत्सवबारे जानकारी दिइएको हो । हरेक वर्षझैँ लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरे)लाई नो भेहिकल जोन घोषणा गरी सडकमा महोत्सव चल्नेछ । महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरालाई अंग्रेजी नयाँ वर्षको सन्देश दिइने बताइएको छ ।

Dabur Nepal
NIC Asia

‘सडकमै खाउँ सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिने यो महोत्सवमा फरकपन ल्याउने आयोजक रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पोखरा सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको भएको उनले बताए ।

कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण, प्रचार–प्रसार, व्यापार बढाउन, ब्रान्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण तथा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिँदै आएको छ । सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको महोत्सव संयोजक विकास भट्टराइले जानकारी दिए ।

सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको आयोजकले जनाएको छ ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका छन् ।

यसबाहेक सचेतनामूलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका उपजलाई प्रदर्शनीमा राखिनेछ ।

आयोजकका अनुसार महोत्सवमा विभिन्न साहसिक खेलकुदको डकुमेन्टी प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवर्द्धन पनि गरिनेछ ।सडक महोत्सवले पर्यटक आकर्षण गर्नुका साथै पोखराको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङमा सहयोग गर्ने महोत्सवका प्रचारप्रसार संयोजक वीरेन शेरचनले जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रअरी प्रालिको टुवोर्ग वियर र सह–प्रायोजकमा ज्याक ड्नियल ह्विस्की, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवर्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro