site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बिचौलियाहरूले संख्याको तागत देखाए, अब हामी जनताको देखाउँछौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले समयमै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् । 

राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको दाबी गरे । उनले जरुरी परे संसद्को विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौँ जनतासँग मिलेर प्रतिक्रियावादीविरुद्ध लड्ने पनि बताए ।

प्रचण्डले सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको पनि जिकिर गरे ।

 

प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरूको हातमा राजनीति नरहेको र उनीहरूको राजनीति बिचौलिया र दलालहरूको हातमा रहेको प्रस्टै देखिएको आरोप लगाए । बिचौलियाहरूले घुमाएर अहिलको सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको उनको भनाइ छ ।

उनले बिचौलियाहरूले संख्याको तागत देखाएको र अब आफूहरूले जनताको तागत देखाउने बताए ।

प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे ।

त्यस्तै, उनले अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro