site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले गर्‍यो निःशुल्क खाद्यान्न वितरण

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ४८औँपटक निःशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्कको उडसाइडस्थित आफ्नै कार्यालय परिसरबाट फाउन्डेसनले निःशुल्क खाद्यान्न वितरण गरेको हो ।

न्युयोर्कस्थित प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा आउँदै गरेको क्रिसमसका अवसरमा २८० जनालाई निःशुल्क सुक्खा खाना, फलफूलसहित तरकारी बाँडिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार, त्यसबाट विभिन्न समुदाय, क्रमशः नेपाली, बंगाली, स्पेनिस, तिब्बेतियन, भारतीय, पाकिस्तानी समुदायका मानिस लाभान्वित भएका थिए । कोरोना कहरदेखि फाउन्डेसनले निःशुल्क खाद्यान्न वितरण गर्दै आएको छ ।

फाउन्डेसनले अमेरिकामा सामाजिक कार्य गर्दै आएको छ । “सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौँ,” गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, “फाउन्डेसनमार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौँ ।”

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro