site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियाका राष्ट्रपति असदले देश छोडेर भागेको विद्रोहीको दाबी 

काठमाडौं । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले ‘तानाशाह’ राष्ट्रपति बसर अल–असद देश छोडेर भागेको दाबी गरेका छन् । 

विद्रोही समूहले राष्ट्रपति भागेपछि सिरिया हाल ‘स्वतन्त्र’ भइसकेको पनि दाबी गरेका छन् । 

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ सुरुआत भएको समेत जनाएको छ ।

विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन् । विद्रोहीले भनेका छन्, “यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिका साथ बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ ।”

यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका छन् भन्ने स्पष्ट भइसकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्