site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीविरुद्ध जनकपुरले दियो १३७ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

जनकपुरका ओपनर अनिल साहले सर्वाधिक ४५ रन बनाए । यसक्रममा उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरे । अनिलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ५.३ ओभरमा ४८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । आसिफले १० बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए । 

८–१ बाट अनिलले तेस्रो विकेटका निम्ति लहिरु मिलान्थासँग ४७ रनको साझेदारी गर्दै जनकपुरलाई ९५ रनको स्कोरसम्म पुर्‍याएका थिए । मिलान्थाले २३ बलमा दुई चौकासहित २४ रन थपे । अविजित रहेका सुभ कंशाकारले २४ बलमा दुई छक्कासहित २२ रन बनाए । यसबाहेक, जनकपुरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । उत्कृष्ट सुरुआतका बाबजुद मध्यक्रमका ब्याटर सस्तैमा आउट हुँदा जनकपुर विशाल योगफलसम्म पुग्न सकेन । 

जनकपुरले ११.२ ओभरसम्म ९५ रन बनाउँदा एक विकेटमात्र गुमाएको थियो । तर, सोही ओभरको तेस्रो बलमा कप्तान अनिल साहलाई गुमाएपछि भने जनकपुरले लगातार अरु तीन विकेट गुमायो । 

लुम्बिनीका सन्दीप जोराले विवेक यादवबाट अनिललाई क्याच गराएका थिए । यसपछि १३औँ ओभर बलिङका निम्ति आएका अभिषेक गौतमले एकै ओभरमा तीन विकेट लिँदै जनकपुरको मध्यक्रम धरासायी बनाएका थिए । अभिषेकले १३औँ ओभरको दोस्रो बलमा लहिरु मिलान्थालाई अर्जुन साउदबाट स्टम्पिङ गरे । सोही ओभरको चौथो बलमा अभिषेकले हर्ष थाकेरलाई दुर्गेश गुप्ताबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा पनि अभिषेकले जिम्मी निसमलाई विकेटकिपर जिम्मी निसमबाट क्याच गराए । 

जनकपुरले १६औँ ओभरमा पुनः दुई विकेट गुमायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले उक्त ओभरको दोस्रो ओभरमा मोहमद मोहसिन र चौथो बलमा शेर मल्ललाई एलबीडब्लूको धरापमा पारे । जनकपुरलाई मध्यम योगफलमा रोक्न लुम्बिनीका अभिषेक गौतमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अभिषेकले २० रन खर्चिए । साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । सन्दीप जोराको नाममा एक विकेट रह्यो । 

प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार बेहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro