site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरातसामु १५६ रनको लक्ष्य, पहिलो इनिङमा विल ज्याकको अर्धशतक

काठमाडौं । विल ज्याकको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार वान्खडेमा टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको हो ।

मुम्बईबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका विल ज्याकले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५३ रन बनाए । सूर्यकुमार यादवले ३५ रन थप्दा कोर्बिन बोस्कले २७ रन जोडे ।

यसबाहेक, अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मुम्बईविरुद्ध साई किशोरले दुई विकेट लिए । मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए ।

आजको खेलमा जित निकाल्ने टोली तालिकाको शीर्ष स्थानमा उक्लिने समीकरण छ । तालिकाको तेस्रो स्थानमा रहेको मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ । चौथो स्थानको गुजरातले १० खेलबाट १४ अंक नै जोडेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro