site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीबाट एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं । कैलालीको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सुन, चाँदी र नगदसहित तीनजना पक्राउ परेका छन् ।

शनिबार साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँबराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँबराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्