site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले तीनजनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका जुडिवेलाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भनिने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुर महानगरपालिका–१२ का ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरीको बोदेबरसाइन नगरपालिका–६ का २४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव रहेका साइबर ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

उपरीक्षक ढकालले भने, “पक्राउमध्ये कृष्णप्रसाद भन्ने बिहानीबहादुरले फेसबुकमा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्रहत्या गरी दुःखहैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेमसम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ह्वाट्सएप गु्रपमा सेयर गरी दुःखहैरानी दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

यस्तै, लक्ष्मण यादव भनिने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त एवं साथीका म्यासेन्जरमा पठाई चरित्रहत्या गरी दुःखहैरानी दिएको घटनामा साइबर ब्युरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजगारीका क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकोसाइबर ब्युरोले जनाएको छ ।

कृष्णप्रसाद भनिने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । जगदीशप्रसादलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने उपनिर्देशक एवं प्रहरी उपरीक्षक ढकालले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro