site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हारपछि लुम्बिनीका कप्तान रोहित भन्छन्– ब्याटिङमा आत्मविश्वास बढेको छ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा आफूले आत्मविश्वासी महसुस गरिरहेको बताएका छन् ।

रोहितको कप्तानीमा रहेको लुम्बिनी शुक्रबारको दोस्रो खेलमा पोखरा राइनोजविरुद्ध १० विकेटले पराजित भएको थियो । खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै १७० रनको योगफल खडा गरेको थियो । जसमा उत्कृष्ट ब्याटिङ गरेका रोहितले ९५ रन बनाएका थिए । तर, दोस्रो इनिङमा १७१ लक्ष्य पोखराले १९ बल बाँकी छदै विकेट नगुमाई पूरा गरेपछि लुम्बिनीले १० विकेटको हार बेहोरेको थियो ।

खेलपछि रोहितले पोखराविरुद्ध बलरबाट आशाअनुसारको प्रदर्शन हुन नसकेको बताए ।

“हाम्रो स्पिनरले राम्रो गर्छन् जस्तो लागेको थियो । आज कसैले स्टेप अप गर्न सकेनन् । बलिङमा अझै राम्रो गर्न सक्थ्यौँ । शतक हान्न मन थियो । तर, आकाशले हान्ने एरियामा बल नै फालेन,” रोहितले भने, “उसले राम्रो बलिङ गर्यो । हाम्रो जुन योजना थियो, त्योअनुसार हुन सकेन । ब्याटिङमा कन्फिडेन्स महसुस गरिरहेको छु । हरेक खेलमा त्यसलाई दोहोर्‍याउने प्रयास गरिरहेको छु । प्रकृयामा विश्वास गरिरहेको छुँ ।”

पोखराविरुद्ध लुम्बिनीले टस जितेर ब्याटिङ रोजेको थियो । रोहितले दोस्रो इनिङमा स्पिनरलाई सहयोग हुने आशाले पहिले ब्याटिङ रोजेको बताए ।

“अझै पाँच खेल बाँकी छ । अब राम्रो योजना बनाउने छौँ । पहिलो इनिङमा ब्याटिङ गरेर राम्रो स्कोर बनाएपछि सेकेन्ड इनिङमा विकेट स्लो हुन्छ र स्पिनरलाई सहयोग हुन्छ भन्ने थियो । १७०–१८० राम्रो स्कोर हो । तर, बलिङमा राम्रो भएन,” उनले थपे ।

पोखराको जितमा ओपनर आन्द्रियस गौसले १०४ रनको शतकीय इनिङ खेले । एनपीएलमा शतक बनाउने पहिलो ब्याटर बनेका गौसले ५५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरेका थिए । रोहितले गौसकै कारण पोखराले सहज निकालेको बताए ।

“गौसले एकदम राम्रो ब्याटिङ गर्‍यो । विकेटमा केही पनि छैन जसरी खेल्यो । पोखराको जितको श्रेय उसलाई नै जान्छ,” रोहितले भने ।

लगातार दोस्रो हार बेहोरेको लुम्बिनी अंक तालिकाको पुछारमा छ । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro