site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
देशद्रोह गरेको ठहर गर्दै दुई क्रिमिनियालीलाई जेल सजाय

मस्को । युक्रेनलाई सैन्य उपकरण र पानीजहाजको गतिविधिबारे जानकारी दिएको आरोपमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको एक अदालतले शुक्रबार दुईजनालाई देशद्रोहको दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।

मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयता रूसले युक्रेनलाई सहयोग गरेको अभियोगमा दोषी ठहरिएका कैयौँ आफ्ना नागरिकविरुद्ध असाधारण कठोर फैसला जारी गरेको छ ।

Dabur Nepal
NIC Asia

सजाय सुनाइएका दुईमध्ये एक दिमित्री पोस्पेलोभले सन् २०१७ देखि युक्रेनको एसबीयू सुरक्षा सेवालाई सहयोग गर्दै आएको अभियोजनकर्ताले बताएका छन् ।

क्रिमियामा होटेलहरूमा सुरक्षा क्यामेरा जडान र सेवा गर्ने काम गर्दै गर्दा पोस्पेलोभले एसबीयूलाई फुटेजमा पहुँच दिएको, रूसी सैन्य उपकरणहरू सार्न प्रयोग गरिने सडकहरूको निगरानी गर्न अनुमति दिएको र इन्टरनेट प्रदायकका प्रयोगकर्ताहरूको तथ्यांक उपलब्ध गराएको भन्दै दोषी ठहर गरिएको छ ।

क्रिमियाको उच्च अदालतले पोस्पेलोभलाई १३ वर्षको जेल सजाय सुनाएको हो ।

अर्का व्यक्ति भ्लादिस्लाभ अफानास्येभलाई युक्रेनको सेनालाई सहयोग गर्न पैसा दिएको र नौसैनिक जहाजहरूको ‘स्थानहरूको फोटो र भौगोलिक समन्वय’ पास गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

“यो तथ्यांक भरपर्दो थियो र यसलाई आक्रमण गर्न प्रयोग गर्न सकिन्थ्यो,” अभियोजनकर्ताहरूले भनेका छन् । अदालतले अफानास्येभलाई १५ वर्षको जेल सजाय सुनाएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro