site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । 

स्टेशनको नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे । 

स्टेशनमा एकपटकमा चारवटा चारपांग्रे, तीन पांग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिनेछ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro