site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार महिनामा यूएईमा १३० नेपालीले गुमाए ज्यान, के कारण हुन्छ यूएईमा नेपालीको मृत्यु ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा १३० जना नेपालीको मृत्यु भएको छ । 

यूएईस्थित नेपाली दूतावासका अनुसार २०८१ साउनदेखि कात्तिकसम्मको चार महिनामा उनीहरूको मृत्यु भएको हो । दूतावासले उपलब्ध गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३ र कात्तिकमा ३५ नेपालीको मृत्यु यूएईमा भएको छ । 

पछिल्लो चार महिनामा प्रत्येक महिना औसतमा ३२ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको देखिन्छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । 

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

‘नेपाल माइग्रेसन रिपोर्ट २०२२’ अनुसार २०७६ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको तीन वर्षको अवधिमा यूएईमा ४९६ जना नेपालीको मृत्यु भएको थियो । 

तीमध्ये ५८ जनाले आत्महत्या, १२ जनाको मृत्यु कार्यस्थल दुर्घटना, ५३ जनाको मृत्यु प्राकृतिक, २६ जनाको हृदयघातबाट मृत्यु भएको थियो । ५० जनाको मृत्यु मुटु सम्बन्धी रोग, ५२ जनाको मृत्यु सडक दुर्घटना, ५ जनाको मृत्यु कोभिड–१९ र २४० जनाको मृत्यु अन्य कारण भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro