site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

काठमाडौं । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको उक्त चुनरी भारतको सुरतस्थित जिनमाता ट्रस्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको उक्त चुनरी लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुअघि चुनरीसहित नगर परिक्रमा गरिएको थियो । उक्त परिक्रमाका क्रममा स्थानीयवासीले चुनरीमाथि फूल बर्साएका थिए ।

एकातिर जानकी माता र भगवान् रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवमा रौनक थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए ।

उक्त कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतोलगायत राजनीतिकर्मीको पनि सहभागिता थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro