site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिनावारीमा भेदभावपूर्ण व्यवाहारविरुद्ध गायिकाहरूको प्रतिबद्धता 

काठमाडौं । महिनावारीसँग जोडिएका भेदभावपूर्ण व्यवाहारविरुद्ध सन्देश प्रवाह गर्न गायिकाहरूको एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । 

‘महिनावारी मेरो मात्रै होइन तपाईं हामी सबैको सवाल हो’ भन्ने नाराका साथ महिनावारीसँग जोडिएका भेदभावपूर्ण व्यवाहारविरुद्धमा सचेतनामुलक सन्देश दिन अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा गायिका एवं कलाकारहरूको उपस्थितिबीच महिनावारीसँग जोडिएका भेदभावपूर्ण अभ्यासहरूका विरुद्ध सचेतनामुलक संदेश प्रवाह गर्न गीत संगीत प्रभावकारी माध्यम हुने कार्यक्रममा सहभागीहरूले बताएका थिए । सचेतना प्रदान गर्ने गीतसंगीत निर्माण गरेर महिनावारीसँग जोडिएका भेदभावपूर्ण अभ्यासहरू कम गर्न सकिनेबारे कार्यक्रममा छलफल भएको थियोे ।

केही स्थानमा छाउपडी प्रथा विद्यमान रहेको भन्दै महिनावारी सामान्य प्रक्रिया हो भनेर बुझाउन आवश्यक रहेकोमा जोड दिइएको छ । 

महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएमपीए)का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारी, छाउपडी र लैंगिक विभेदजस्ता विभेदपूर्ण व्यवहारहरूको अन्त्य गर्न गीतसंगीत एवं कलाकारिताको माध्यम प्रभावकारी हुने बताए । 

मर्यादित महिनावारी बनाउन चेतनामूलक कथा, गीतसंगीत निर्माण गर्दै चेतना वृद्धि गर्न सकिने महिनावारी स्वच्छता साझेदार सञ्जाल (एमएचएमपीए)का सद्भावनादूत गायिका रेखा जोशीले बताइन् ।

कार्यक्रममा सहभागी गायिका एवं कलाकारहरूले महिनावारीलाई कसरी मर्यादित बनाउन कस्ता खाले गीतसंगीत निर्माण गर्ने भन्नेबारे आआफ्नो धारणा राखेका थिए । 

समाजमा रजस्वला प्रक्रियालाई पाप वा अपवित्र नभएर नियमित प्रक्रिया हो भन्ने भावना विकास गराउन फरक शैलीका गीतसंगीत, चलचित्र, टेलिचलचित्र निर्माण गरेर सचेतना जगाउन मद्दत गर्ने कलाकारले प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा गायिका शोभा थापा, टिका सानु, गौरी भट्ट, काजल जोशी, पूजा देवकोटा, संगीता बडुवाल, सपना शाही, कल्पना मल्ल, निरुता खत्री, सुस्मिता कुँवर र निरुता कुँवर विष्टलगायतको सहभागिता थियोे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro