राजनीति
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा यादव नेपाली कांग्रेसका जोगिन्द्र राय अमातलाई ९५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
विजय भएका यादवले ३७२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी अमातले २७७ मत पाए ।
यस्तै, जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाए । नेकपा (एमाले)का सञ्जय कुमार यादवले ६८ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का भागवत रामले नौ मत मात्र पाए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०१:०४
प्रतिक्रिया दिनुहोस्