site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हेलो गृह मन्त्रालय’ सञ्चालनमा : इमेल, फोन र हुलाकामार्फत गुनासो गर्न सकिने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका गुनासो सुनुवाइका लागि ‘हेलो गृह मन्त्रालय’ डेस्क स्थापना गरेको छ । शान्ति सुव्यवस्था र सुशासनका लागि नागरिक गुनासो सुनुवाइ गर्न डेस्क सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाइएको छ ।

“गृह मन्त्रालय र मातहतका निकायवाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालन गरिएको छ,” गृहमन्त्रालयले भनेको छ ।

मन्त्रालयले गृह मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरू सेवाग्राहीले सम्बन्धित निकायको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुखसमक्ष र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो गर्न सकिने जनाएको छ ।

डेस्कले प्राप्त गुनासोलाई सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सुनुवाइ र फर्छ्योट गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन नसकेमा 'हेलो गृह मन्त्रालय' गुनासो सुनुवाइ कक्षमा आउने गुनासोको गृह मन्त्रालयले सुनुवाइ गर्ने बताइएको छ ।

No description available.

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro