site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती नदीमा छाडियो मेलम्चीको पानी
फाइल तस्बिर ।

काठमाडौं । बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वाग्मती नदीमा थप पानी छाडिएको छ । 

आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रहेको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, “वाग्मती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी वाग्मतीमा छाड्दै आएको थियौँ । बिहीबारदेखि थप करिब चार करोड लिटर पानी वाग्मती नदी सफा गर्नका लागि छाडेका छौँ ।” 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro