site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १३.०३ अंकले घट्यो, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.०३ अंकले घटेको छ । परिसूचक ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

शिवश्री हाइड्रोपावर र ङ्यादी ग्रुप पावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ मध्ये लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ । लगानी समूहको परिसूचक ०.०८ प्रतिशत वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro