site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चार महिनामा आठ अर्बका ३४ सय ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिना (साउन, भदौ, असोज र कात्तिक)मा ३४ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार, चार महिनामा आठ अर्ब ३७ करोड नौ लाख ५२ हजार रुपैयाँ बराबरका तीन हजार ४८७ ईभी नेपाल भित्र्याइएको हो ।

यसबाट सरकारले पाँच अर्ब १९ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

चार महिनामा ५० किलोवाट क्षमतासम्मका एक हजार ५० र ५१ देखि १०० किलोवाट क्षमताका दुईहजार ११५ ईभी नेपाल भित्र्याइएको छ ।

यस्तै, १०० देखि २०० किलोवाट क्षमताका ३१६ र त्यसभन्दा माथिका ६ बिजुली गाडी नेपाल भित्र्याइएको  छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरका दुई हजार ७८७ ईभी नेपाल भित्र्याइएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro