site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर

काठमाडौं । भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा ठगीको अभियोग लगाइएको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र उक्त विषय लुकाएको आरोप लगाइएको छ ।

बुधबार न्युयोर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय गौतम अडानीका निम्ति ठूलो धक्का हो । अडानीको व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ ।

अमेरिकी अभियोजकले अडानी र उनको कम्पनीका अरू वरिष्ठ अधिकारीहरूले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीका निम्ति ठेक्का लिन भारतीय अधिकारीहरूलाई घुस दिन सहमत भएको आरोप लगाएका छन् ।

उक्त सम्झौताबाट कम्पनीले आउँदो २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो । अडानी समूहले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

अडानी समूह सन् २०२३ देखि अमेरिकामा शंकाको घेरामा छ । उक्त वर्ष हिन्डनबर्ग नामक कम्पनीले अडानीमाथि ठगीको आरोप लगाएको थियो ।

अडानीले कम्पनीको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका थिए । तर, त्यो समाचार बाहिर आएपछि अडानी समूहका कम्पनीको सेयरमा भारी गिरावट आएको थियो ।

यो घुसकाण्ड अनुसन्धानबारे पनि केही महिनादेखि खबर आइरहेको थियो । अभियोजकले यो मुद्दाको अनुसन्धान सन् २०२२ मा नै सुरु भएको बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro