अर्थ व्यवसाय
काठमाडौं । सहकारीबाट पीडितहरूले बुधबार काठमाडौंमा आन्दोलन गरिरहेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा माइतीघर मण्डलामा आन्दोलन भएको हो ।
पीडितले आन्दोलनमा बचतफिर्ता माग गर्दै नाराबाजी गरिरहेका छन् । ‘देशभरीका सहकारीपीडित एक हौँ’, ‘निर्दयी नेता र सरकार मिलेमतो र रमिता’, दुःखको कमाई, भयो संचालकलको रजाईं’जस्ता नारासहितका प्ले–कार्ड र व्यानर लिएर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनमा सहभागीले सरकारसँग यसअघि भएका आठ बुँदे सम्झौता कार्यान्वयन गर्न पनि दबाब दिएका छन् ।
तस्बिर : हरिशजंग क्षेत्री ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १३:४५
प्रतिक्रिया दिनुहोस्