site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिएकी छन् ।

आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्न/गराउन नपाउने बताएको छ । स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगको निर्देशनछ ।

आयोगबाट लागु भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कामहरू नगर्न/नगराउने व्यवस्था मिलाउन भनिएको छ । 

आचारसंहिताविपरीत कार्य भए कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन आयोगको निर्देशन छ । 

मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।

के छ निर्देशनमा ?

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro