site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नौ महिनापछि जनमतको पत्र कार्यान्वयनमा जुटे सभामुख, सांसद गोमा लाभको पद धरापमा !

काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ (सापकोटा)लाई कारबाही गरिएको सूचना टाँस्ने तयारी गरेका छन् ।

गत वर्ष फागुन २७ गते जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई सांसद पदबाट हटाउन सभामुख घिमिरेलाई पत्र पठाएको थियो । तर, झन्डै नौ महिनासम्म जनमत पार्टीको निर्णयसहितको पत्राचार कार्यान्वयन भएको थिएन । जनमत पार्टीले पटकपटक पत्राचारबारे सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो ।

Dabur Nepal
NIC Asia

जनमतको सिफारिसबमोजिम सभामुखले कारबाहीसम्बन्धी सूचना ननिकालेपछि उनी सांसद पदमा बहाल नै छिन् ।

तर, जनमतले सांसद सापकोटालाई कारबाही गर्न चौथोपटक पत्र पठाएपछि सभामुख घिमिरेले आवश्यक कारबाहीका लागि भन्दै तोक लगाइदिएका छन् । अब संघीय संसद् सचिवालयलाई प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

अब सचिवालयले टिप्पणी उठाएर पठाएपछि संघीय संसद् सचिवालयका महासचिवले सभामुखसमक्ष पेस गर्ने छन् । सभामुखले अघि बढाएपछि सचिवालयको सूचना पाटीमा सूचना प्रकाशन हुने छ । संसद्को अधिवेशन जारी नभएकाले संसद् सचिवालयको सूचना टाँस गरेसँगै उनको सांसद पद रिक्त हुने छ ।

जनमत पार्टी संसदीय दलका उपनेतासमेत रहेको उपाध्यक्ष अब्दुल खानले सांसद सापकोटालाई अनुशासनको कारबाही गरेको जानकारी दिए । उनले खास कारण भने खुलाउन चाहेनन् ।

“उहाँले पार्टी अनुशासनविपरीत काम गरेको हुनाले कारबाही गरिएको हो,” खानले बाह्रखरीसँग भने, “पार्टीभित्रको विषय सार्वजनिक गर्नु उपयुक्त नभएकाले पत्रमा नै लेखेर पठाएका छौँ ।”

जनमत पार्टीले ०८० चैत १ मा दोस्रोपटक, ०८१ भदौ २७ मा तेस्रोपटक र ०८१ कार्तिक २७ गते चौथोपटक पत्र पठाएको छ । चौथोपटकको पत्राचारपछि जनमतका अध्यक्ष सीके राउतले सभामुख घिमिरेसँग कानुन व्यवसायीसहित पुगेर छलफल गरेका थिए । छलफलपछि सभामुखले पत्रका तोक लगाएर अघि बढाइदिएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro