site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कार्यसम्पादनतर्फ आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सम्मानित 

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८१ का अवसरमा शनिबार आन्तरिक राजस्व विभागले गरेको कार्यक्रममा उक्त कार्यालय सम्मानित भएको हो ।

समग्र कार्यसम्पादन समेतका आधारमा ‘ए प्लस’ ग्रेडिङ प्राप्त गर्न सफल भएकामा उक्त कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यलाई अर्थमन्त्री विष्णु पौडेलले प्रशंसापत्र प्रदान गरेका हुन् । 

आन्तरिक राजस्व विभागका अनुसार, गत आर्थिक वर्षको राजस्व संकलनको लक्ष्यको तुलनामा उक्त कार्यालयले १०४ प्रतिशत उपलब्धि हासिल गरेको थियो । 

प्रशंसापत्र प्राप्तिसँगै आउँदा दिनमा कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउने प्रमुख आचार्यले बताए ।

कार्यक्रममा अन्य आन्तरिक राजस्व कार्यालयहरूमा भद्रपुर र इटहरी र करदाता सेवा कार्यालयतर्फ तौलिहवा, दिक्तेल र पुतलीबजारका कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro