site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन आचारसंहिता भोलिदेखि लागु

काठमाडौं । आसन्न उपनिर्वाचनका निम्ति आइतबार (भोलि)देखि आचारसंहिता लागु हुने भएको छ । उपचुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । “निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,” आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने आयोगको कार्यतालिका छ ।

विज्ञप्ति पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro