site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गैरकानुनी रूपमा चलेका सिनेमा हलको बचाउमा संघ ! कारबाही गर्ने बोर्डको प्रतिबद्धता

काठमाडौं । गलत व्यापारिक तथ्यांक दिएको भन्दै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्णय गरिएका हलहरू गैरकानुनी रुपमा चलिरहेको तथ्य सार्वजनिक भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनीले गलत व्यापारिक तथ्यांक दिएका हलको नाम सार्वजनिक गर्दै आजबाट उक्त हलमा सिनेमा प्रदर्शन नगर्ने बताएको थियो । 

चलचित्र विकास बोर्डले सेभेन सिसले चलचित्र उतार्ने भन्दै उल्लेख गरेका हलको इजाजत यसअघि नै खारेज भइसकेको प्रष्ट पारेको छ । इजाजत खारेज गरिए पनि कानुन विपरीत लुकिछिपि सिनेमा चलाइरहेको जानकारीमा आएको बोर्डले प्रष्ट पारेको छ । 

गैरकानुनी रुपमा रहेका हललाई कारबाही गर्ने बोर्डले प्रतिबद्धता जनाएको छ । 

यता, सिनेमा हलहरूको छाता संस्था नेपाल चलचित्र संघले भने सेभेन सिसलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिनाप्रमाण गलत व्यापारिक तथ्यांक दिएको भन्ने आरोप लगाएको भन्दै प्रमाण लिएर उपस्थित हुन ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई निर्देशन दिएको छ । 

प्रमाणबिना गलत आरोप लगाएको भन्दै संघले चलचित्र संघका सदस्यहरूको मानमर्दन गरेको बताएको छ । संघले ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई कारबाहीको चेतावनी समेत दिएको छ । 

बोर्डले इजाजत खारेज गरिसकेका हलको बचाउमा उत्रिएको संघको विज्ञप्तिबाट प्रष्ट हुन्छ । संघले चलचित्रको व्यापारिक रिपोर्ट माग्ने र चलचित्र चलाउने वा उतार्ने अधिकार निर्मातामा नभएर वितरकमा हुने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । 

ff-1731742861.JPG
 


cc-1731742894.jpg
 


press-1731685430.jpg

 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro