site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्लिस अलराउन्डर बोपाराले चितवनबाट एनपीएल खेल्ने 

काठमाडौं । चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनका लागि इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रवि बोपारालाई अनुबन्ध गरेको छ । 

उनले इंग्ल्यान्डबाट ट्वान्टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा गरी १७१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

Dabur Nepal
NIC Asia

विश्वभरका विभिन्न लिग खेलिसकेका दायाँ हाते ब्याटर बोपाराले टी–२० ब्लास्ट र हन्ड्रेडमा पाँच हजारभन्दा बढी रन बनाएका छन् । उनले बंगलादेश प्रिमियर लिगमा एक हजार १०९ रन, पाकिस्तान सुपर लिगमा ७७५ रन र भारतको इन्डियन प्रिमियर लिगमा ५३१ रन बनाएका छन् । 

“नेपालमा क्रिकेटको क्रेज र जोश अब सबैका लागि ओपन सेक्रेट बनिसकेको छ । हरेक क्रिकेटर नेपालमा पुग्न र संसारका सबैभन्दा जोशिला समर्थकहरू सामु खेल्न चाहन्छन् । म चितवन राइनोजको जर्सी लगाएर तपाईं सबैलाई मनोरञ्जन दिने कुरा गर्न अत्यन्त उत्साहित छु,” सम्झौतापछि बोपाराले भने । 

“रवि बोपाराको ट्रयाक रेकर्ड आफैंले बोल्छ, उनी एक प्रमाणित अनुभवी खेलाडी हुन् । उनको उपस्थितिले टोलीको क्षमता र सन्तुलनलाई मात्र सुधार्ने छैन, उनका अनुभव र नेतृत्वले एक उत्कृष्ट मित्रता निर्माण गर्न मद्दत गर्नेछ,” बोपारासँग सम्झौतापछि चितवन राइनोजका निर्देशक आयुष न्यौपानेले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro