site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पराग्वेसँग अर्जेन्टिना स्तब्ध, भेनेजुएलासँग रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट खेलमा पराग्वेसँग अर्जेन्टिना २–१ ले स्तब्ध बनेको छ ।

शुक्रबार बिहान पराग्वेमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन एन्टोनियो सानाब्रिया र ओमार अल्डेरेटले गोल गरे । अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलमा अर्जेन्टिनाले पहिले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । मार्टिनेजले ११औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकमाझ पाहुना टिम अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । तर, १९औँ मिनेटमा सानाब्रियाले गोल गर्दै पराग्वेलाई खेलमा फर्काएका थिए ।

४७औँ मिनेटमा अल्डेरेटले गोल गरेपछि पराग्वेले २–१ को अग्रता बनाएको थियो । यही गोल निर्णायक बन्दा पराग्वेले सन् २०२२ को विश्वकप विजेतालाई निराश बनाएको हो ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो तेस्रो हार हो । अर्जेन्टिना यसअघि उरुग्वे र कोलम्बियासँग हारेको थियो ।

जितसँगै ११ खेलबाट १६ अंक जोडेको पराग्वे तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंकको अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ ।

ब्राजिल १–१ भेनेजुएला
छनोटअन्तर्गत शुक्रबारै भएको अर्को खेलमा ब्राजिल र भेनेजुएलाले १–१ को बराबरी खेल्दै अंक बाँडे । भेनेजुएलामा भएको खेलमा ब्राजिलले लिएको पहिलो अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो ।

४३औँ मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ४६औँ मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

६२औँ मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा ब्राजिलले तीन अंक जोड्ने अवसर खेर फाल्यो । पेनाल्टी प्रहारका निम्ति आएका फिनिसियस जुनियरले बललाई जाली चुमाउन सकेनन् ।

बराबरीमा रोकिए पनि एक अंक जोडेको ब्राजिल तेस्रो स्थानमा उक्लिएको छ । ब्राजिलले ११ खेलबाट १७ अंक जोडेको छ । समान खेलबाट १२ अंकको भेनेजुएला सातौँ स्थानमा छ ।

इक्वेडर ४–० बोलिभिया
शुक्रबारकै तेस्रो खेलमा इक्वेडरले बोलिभियाविरुद्ध ४–० को जित निकाल्यो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro