site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविप्रति लक्षित गर्दै ओलीले भने– आफू खान्छ खुर्सानी, पिरो भएपछि मलाई गाली गर्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित कुनै पनि निकायलाई दबाब नदिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफैँ गल्ती गर्ने तर गाली अरूलाई गर्ने प्रवृत्ति देखिएको बताए । 

“मैले त मान्छेको अनुहार हेर्दिनँ भनेको छु, त्यो साँचो हो । कोही पनि मान्छे होस्, गल्ती गर्छ भने जान्छ । राम्रो गरेमा प्रशंसित हुन्छ । अब गल्ती गर्ने आफू, खान्छ खुर्सानी । अनि पिरो भएपछि गाली गर्छ मलाई,” ओलीले ।

ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “मैले भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने सुन्या छ कि छैन ? सुन्या छ भने होसियार भए हुन्छ, जो कोही पनि । थाहा भयो भने प्रहरीले छानबिन गर्छ । म रोक्दिनँ ।”

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्