site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तालिवानले भारतमा पीएचडी गरेका युवा विद्यार्थीलाई बनायो कूटनीतिज्ञ

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भारतमा आफ्नो पहिलो कूटनीतिक नियुक्ति गरेको छ । तालिवानले मुम्बईस्थित वाणिज्य दूतावासमा अफगान विद्यार्थीलाई कार्यवाहक राजदूत नियुक्त गरेको हो ।

तालिवानका उपमन्त्री शेर मोहम्मद अब्बास स्टनिकजाईले एक्समा पोस्ट गरेर हाफिज इक्रामुद्दीन कामिललाई मुम्बईस्थित अफगान वाणिज्य दूतावासमा राजदूत नियुक्त गरिएको जानकारी दिएका छन् । तर, एनडीटीभीको रिपोर्टका अनुसार तालिवानको निर्णयलाई भारतले अहिलेसम्म स्वीकृत गरेको छैन ।

तालिवान सरकारले नियुक्त गरेका कामिल सात वर्षदेखि भारतमा अध्ययनरत छन् । उनले दक्षिण एसिया युनिभर्सिटी, दिल्लीबाट अन्तर्राष्ट्रिय कानुनमा पीएचडी गरेका छन् । यसका लागि कामिललाई भारतीय विदेश मन्त्रालयले छात्रवृत्ति दिएको थियो ।

गत साता नोभेम्बर ६ मा विदेश मन्त्रालयका सहसचिव जेपी सिंहले अफगानिस्तानमा तालिवानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबलाई भेटेका थिए । त्यसको ६ दिनपछि कामिललाई राजदूत नियुक्त गरेको जानकारी आएको हो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवान सत्तामा आएपछि भारतले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको थियो । तर, त्यसपछि पनि भारतस्थित अफगान दूतावास र राजदूतले काम गरिरहेका थिए । तर, गत वर्ष सेप्टेम्बरमा अफगानिस्तानको दूतावासले भारतमा आफ्नो काम बन्द गरेको थियो ।

भारतीय सञ्चारमाध्यमबाट ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro