site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व रहेको चाँगुनारायण मन्दिरमा आज एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । 

विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान ३ बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै आज रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकैदिन दर्शन गरेको जानकारी दिए ।

चार नारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिने गरिन्छ ।

आजको दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्छन् । 

आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्न सके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ । 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro