site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिनसँग ट्रम्पको कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
फाइल तस्बिर : एपी ।

वासिङटन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेको द वासिङटन पोस्टले आइतबार उल्लेख गरेको छ ।

डेमोर्क्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गरेको जनाइएको छ ।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।”

पुटिनलाई ट्रम्पले युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएको नाम नछाप्ने सर्तमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले जनाएको छ ।

उनीहरूका अनुसार, ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’बारे थप कुराकानी गर्न चासो व्यक्त गरेका थिए ।

ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गरेको र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत भएको’ सोल्सका प्रवक्ताले बताए ।

ट्रम्पले लडाइँ चाँडै अन्त्य गर्न जोड दिँदै किभका निम्ति वासिङटनको अर्बौँ डलर सहयोगमा शंका व्यक्त गर्दै आएकाले उनको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गरेका थिए । कुराकानीमा रिपब्लिकनका अर्बपति समर्थक एलन मस्क पनि सहभागी भएका थिए ।

राष्ट्रपति जो बाइडेनको बाहिरिन लागेको डेमोर्क्र्याटिक प्रशासनले जनवरी २० मा ट्रम्पको शपथग्रहणअघि युक्रेनलाई सक्दो सहयोग पठाउने पुष्टि गरेको छ ।

ट्रम्पको फिर्तीमा रुसी सरकारले सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार भने, “संकेतहरू सकारात्मक छन्... कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ ।”

ट्रम्प र उनका सहयोगीले युक्रेनका निम्ति अमेरिकी कोषको विरोध गरेका छन् । ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले शनिबार इन्स्टाग्राममा सेयर गरेको भिडियोमा राष्ट्रपति निर्वाचितको छेउमा जेलेन्स्की उभिएको देखिन्छ र क्याप्सनमा लेखिएको छ, “दृष्टिकोण : तपाईं ३८ दिनमा आफ्नो भत्ता गुमाउँदै हुनुहुन्छ ।”

ट्रम्पका पूर्वसल्लाहकार ब्रायन लान्जाले शनिबार बीबीसीलाई सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने कुनै पनि महत्त्वाकांक्षा युक्रेनले त्याग्नुपर्ने बताएका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro