site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले निर्वाचन परिचालनका लागि तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले सातै प्रदेशका लागि जिम्मेवारी तोकिएको छ । 

कोसी प्रदेशमा केन्द्रीय सदस्य निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, वाग्मतीमा शिशिर खनाललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गण्डकीमा विन्दवासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । 

त्यस्तै, पार्टीबाट स्थानीय तहमा उमेदवारी दिने उमेदवार चयन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उमेदवारी दर्ता गर्न आह्वान गरिएको छ । 

त्यस्तै, कात्तिक २५ गते साँझ ८ बजेसम्म प्रारम्भिक उमेदवारहरूको नामावली प्रकाशन, कात्तिक २६ गते साँझ ५ बजेसम्म प्रारम्भिक उमेदवारी उपर दाबीविरोध, कात्तिक २७ गते साँझ ५ बजेसम्म उमेदवारसँग छलफल, सोही दिन उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । 

त्यस्तै, कात्तिक २८ गते साँझ ७ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । कात्तिक २९ गते दिउँसो १ बजे नजिता प्रकाशन गरिने कार्यतालिका छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro