site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका यी नेताले पाए उपनिर्वाचन समन्वयको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने नेताहरूलाई जिम्मेवारी तोकेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको स्थानीय तह निर्वाचन संयोजन समितिको बुधबार सानेपामा बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउन एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय गरेको हो । 

मंसिर १६ गते हुने उपनिर्वाचनमा स्थानीय तहका ४४ पदका लागि निर्वाचन हुँदै छ । कांग्रेसका सम्बन्धित तहबाट उमेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेको छ । बुधबारको बैठकले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गरी उत्कृष्ट परिणाम ल्याउने जिम्मा दिएको हो ।

सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोकिएको छ । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ लाई वाग्मती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोसी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ । 

सहमहामन्त्रीबाहेक केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी तोकिएको छ ।

त्यसबाहेक पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

मंसिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त भएका पदमा उपनिर्वाचन हुँदै छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro