site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्य निरुपण आयोगका पदाधिकारीका लागि दर्खास्त आह्वान गर्ने निर्णय

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्ने ‘सर्च कमिटी’ले आयोगको कार्यविधि परिमार्जनसहित पारित गरेको छ ।

यसअघि, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरूको सिफारिससम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर समितिले सार्वजनिक सुझावका लागि प्रकाशित गरेको थियो । त्यसमा आएका सुझाव समेटेर परिमार्जनसहित पारित गरिएको सुझाव समितिका प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।

समितिले यससँगै दुवै आयोगका अध्यक्ष र सदस्यका लागि दर्खास्त आह्वान गर्ने निर्णय पनि गरेको छ । 

“भोलि (बिहीबार) सार्वजनिक बिदा परेकाले पर्सि (शुक्रबार) आवेदनसम्बन्धी सूचना प्रकाशित हुन्छ,” खातीले बाह्रखरीसँग भने, “सूचना सञ्चारमाध्यमसहित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका वेबसाइटमा हेर्न सकिने छ ।”

उनले एक हप्ताको समय दिएर दर्खास्त आह्वान हुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro