अर्थ व्यवसाय

काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार (असार २२) ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७० खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका निम्ति यो खिच्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
यसको साँवाब्याज आउँदो भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्