site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विजयनजिक पुगेका ट्रम्पले सम्बोधन गर्ने, फ्लोरिडामा समर्थकको भीड

काठमाडौं । अमेरिकाका सातमध्ये तीन स्विङ राज्यमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयनजिक पुगेका ट्रम्पले सम्बोधन गर्ने भएपछि उनका समर्थकहरू फ्लोरिडामा जम्मा हुन थालेका छन् । ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडालाई बनाएका थिए । यसैकारण उनले फ्लोरिडामा सम्बोधन गर्ने विश्वास गरिएको छ । 

ट्रम्पको सम्बोधनको लागि स्टेज तयार गरिएको छ । उनीसँगै उपराष्ट्रपतिका उमेदवार जेडी भान्स पनि आउन सक्ने बताइएको छ । ट्रम्प विजयनजिक पुगेपछि अमेरिकाका धेरै सहरहरूमा उनका समर्थकहरू उनको तस्बिर लिएर सडकमा उत्रिन थालेका छन् । 

केही मानिसहरूले ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको टोपी लगाएका छन् । केही भने अमेरिकी झण्डा लिएर सडकमा उत्रिएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro