site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेभरकुजेनविरुद्ध लिभरपुलको फराकिलो जित, डियाजको ह्याट्रिक

काठमाडौं । लुईस डियाजको ह्याट्रिकप्रेरित लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा बायर लेभरकुजेनविरुद्ध ४–० को सहज जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियाजले ह्याट्रिक गर्दा कोडी गाक्पोले एक गोल थपे । लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६१औँ मिनेटमा डियाजको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै गाक्पोले घरेलु टिमको अग्रता दोब्बर बनाए । ८३औँ मिनेटमा डियाजले दोस्रो गोल गर्दै लिभरपुलको अग्रतालाई ३–० मा पुर्याएका थिए । यस्तै, इन्जुरी समयमा डियाजले ह्याट्रिक गरेपछि क्लबकै पूर्वखेलाडी जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुजेनविरुद्ध लिभरपुलले ४–० को जित पक्का गरेको हो ।

लिगमा शतप्रतिशत जितयात्रा कायम राखेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभरपुलले चार खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको लेभरकुजेन तालिकाको ११औँ स्थानमा छ । 

लेभरकुजेनको यो पहिलो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro