site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिलानसँग घरेलु मैदानमै स्तब्ध रियाल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियाल मड्रिड घरेलु मैदानमै स्तब्ध बनेको छ ।

मंगलबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई पाहुना टिम एसी मिलानले ३–१ ले निराश बनाएको हो । मिलानको जितमा मलिक थिव, अल्भारो मोराटा र टिजानी रेइन्डर्सले गोल गरे । रियालका लागि भिनिसियस जुनियरले एक गोल फर्काएका थिए ।

खेलको १२औँ मिनेटमा थिवको गोलमा मिलानले अग्रता बनाएको थियो । तर, २३औँ मिनेटमा रियालले पेनाल्टी पाएपछि भिनिसियसले सदुपयोग गर्दै घरेलु टिमलाई खेलमा फर्काए । 

३९औँ मिनेटमा मोराटाले गोल गरेपछि मिलानले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । यस्तै, ७३औँ मिनेटमा रेन्डर्सले गोल गरेपछि मिलानले बर्नबेउमा ३–१ को जित पक्का गरेको हो ।

यो सिजनको च्याम्पियन्स लिगमा चौथो खेल खेलेको रियालको यो दोस्रो हार हो । चार खेलबाट ६ अंक जोडेको रियाल तालिकाको १७औँ स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको मिलान तालिकाको १८औँ स्थानमा छ । प्रतियोगितामा मिलानको यो दोस्रो जित हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro