site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टेफन इस्किनाजी काठमाडौं गुर्खाजमा
SkywellSkywell

काठमाडौं । इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजीले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर ब्याटरलाई लिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षीय इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा नौ शतकका साथ ४३ सय भन्दा बढी रन बनाएका छन् ।

KFC Island Ad
NIC Asia

ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजीले आफूलाई आक्रामक खेलाडीको रूपमा प्रमाणित गरिसकेका छन् । 'द हन्ड्रेड'मा उनको स्ट्राइक रेट १५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १४० माथिको रहेको छ । 'द हन्ड्रेड'मा वेल्स फायरबाट खेल्दै इस्किनाजीले १० खेलमा २६६ र भाइटालिटी ब्लास्टमा ८७ खेलमा एक शतक र १८ अर्धशतकका साथ २५ सय भन्दमा बढी रन बनाएका छन् ।

"नेपाल प्रिमियर लिगमा उनको अनुभव र आक्रामक स्वभावको ब्याटिङ काठमाडौं गुर्खाजलाई निकै उपयोगी हुने विश्वास हामीले लिएका छौँ । नेपालमा चिसो मौसम इंग्ल्यान्डका खेलाडीका लागि निकै सुहाउँदो हुने भएकाले हामी इस्किनाजी सफल हुने अपेक्षा हामीले गरेका छौँ," काठमान्डौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

Royal Enfield Island Ad

इस्किनाजीले पर्थ स्कोरचर्सबाट बिग बासमा खेलेका छन् । उनले बिग बासको १३ खेलमा २५८ रन बनाएका छन् । उनीसँग यसबाहेक बंगलादेश प्रिमियर लिग र अवुधावी टी १० लिगको पनि अनुभव छ ।

काठमाडौं गुर्खाजले अनुबन्धन गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेड इरसमसलाई गुर्खाजले यसअघि नै अनुबन्धन गरिसकेको छ ।

काठमाडौं गुर्खाजको ‘मार्की' खेलाडीमा करण केसी छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro