site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज 

काठमाडौं । सर्वोच्च अदालतले भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध भएको भन्दै दायर रिट खारेज गरिदिएको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलेको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसहितले दायर गरेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ०८० माघमा भएको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपालसँग भारतले १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौता संविधानविपरीत रहेको भन्दै उपाध्यायले रिट दायर गरेका थिए । उक्त रिट खारेज गरी निर्देशनात्मक आदेश जारी भएको प्रवक्ता पुडासैनीले जानकरी दिए । अदालतको आदेशको पाठ भने आइसकेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro