site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलवर्नमा एक सातामा दुई नेपालीको मृत्यु
Tiktok banner adTiktok banner ad

मेलबर्न । अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको आगलागीमा परेर ज्यान गएको हो । 

मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौंका विशाल केसीको आगलागीबाट परी मृत्यु भएको छ । उनी बस्दै आएको घरमा भाइटीकाको दिन आगलागी भएको थियो । 

आगलागी कसरी भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अग्नि नियन्त्रकलाई सो आगलागी नियन्त्रण गर्न ५० मिनेट लागेको थियो । केसी गएको १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका थिए ।  

अर्को घटनामा चितवन घर भई भिक्टोरियाको बालाराटमा बस्दै आएका निशान्त सिंहको मृत्यु भएको छ । 

सिंह चढेको कारलाई अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई तत्कालै एयर एम्बुलेन्समार्फत नजिकैको अस्पतालमा लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनी काठमाडौंको चावहिलका बासिन्दा हुन् । पछिल्लो समय सिभिल इन्जिनियरका रूपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए । 

प्रहरीले दुर्घटनामा संलग्न अर्को कारका चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । कारका चालकको साथबाट लागुपदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ । 

हाल उनको शव पोष्टमार्टमका लागि लगिएको छ भने प्रक्रिया पुगेपछि आफन्तलाई जिम्मा लगाउने प्रहरीको तयारी छ । 

एनआरएनका प्रवक्ता बबिन मिश्रले दुवै घटनामा परेका नेपालीको आफन्त सम्पर्कमा आइसकेको बताएका छन् । शव नेपाल पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro