site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाँके । नेपालगन्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क बाइपास रोडनजिक भे६प ८०२ र ज३प ७१७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनका अनुसार, उक्त दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उनको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई लखनऊ लगिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro